• Sunday, June 22, 2025

खाली खुट्टा काठमाडौं आएका नवराजले भेटे प्रधानमन्त्री, अब जुत्ता लगाउने


काठमाडौं । सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौं आएका अभियानकर्मी नवराज बोहराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनले आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव बताएका थिए ।
यस्तै, उनले उपचार नपाएका बालबालिकाका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१औँ दिनमा असार ३ गते काठमाडौं आइपुगेका थिए । सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज भेट पाएका हुन् ।

प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीरलाई धेरै दुःख नदिई आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे। प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले खुसी व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताए । रासस

Please Login to comment in the post!

you may also like