• Sunday, October 19, 2025

युक्रेनका पूर्व संसद अध्यक्ष आन्द्रिय परुबियी लभिभमा गोली हानी हत्या


युक्रेनका पूर्व संसद अध्यक्ष आन्द्रिय परुबियीलाई पश्चिमी सहर लभिभमा गोली हानी मारिएको युक्रेनी अधिकारीहरूले पुष्टि गरेका छन्।

सामाजिक सञ्जालमा फैलिएको, तर अहिलेसम्म सत्यापन नभएको भिडियोमा एक व्यक्तिलाई कुरियरको पोशाकमा देखिन्छ, जसले सडकमा हिंडिरहेका परुबियीलाई पछ्याउँदै बन्दुक तानेर गोली चलाउँछ र त्यसपछि इ–बाइकमा भाग्छ। हाल प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर ठूलो स्तरको मानहंट सुरु गरेको छ।राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई “भयावह हत्या” भनेका छन् र परुबियीको परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले “साइरेन” नाम दिइएको विशेष अभियान सुरु भएको जानकारी दिएका छन्, जसअन्तर्गत आक्रमणकारीको खोजी तीव्र रूपमा भइरहेको छ।लभिभका प्रहरी प्रमुख ओलेक्जान्द्र श्लियाखोभ्स्कीका अनुसार आक्रमणकारीले करिब आठ राउन्ड गोली प्रहार गरेको र घटनालाई “अत्यन्त योजनाबद्ध” बताइएको छ। प्रकरणमा रुसको संलग्नता समेतको सम्भावना जाँच भइरहेको लभिभका प्रमुख अभियोजकले बताएका छन्। घटनास्थलमा कम्तीमा सात गोलीका खोल फेला परेको बताइएको छ।आक्रमणकारीले ग्लोभो डेलिभरी कम्पनीको झोलासहित आफैँलाई कुरियरको रूपमा भेष बदलेको देखिन्छ। कम्पनीले यस घटनाप्रति “गहिरो धक्का लागेको” भन्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने जनाएको छ।५४ वर्षीय परुबियी सन् २०१३–१४ को आन्दोलनका प्रमुख नेतामध्ये एक थिए। उनले आन्दोलनका स्व–रक्षा टोलीहरू समन्वय गरेका थिए, जसले तत्कालीन राष्ट्रपति भिक्टर यानुकोभिचको पतनमा निर्णायक भूमिका खेले।यानुकोभिच सत्ता च्युत भएपछि परुबियीलाई राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद्को सचिव नियुक्त गरिएको थियो, त्यसबेला नै रुसले क्रिमियालाई कब्जा गरेको थियो र पूर्वी युक्रेनमा युद्ध भड्किएको थियो।रुसको २०२२ को पूर्ण आक्रमणपछि उनले युक्रेनी क्षेत्रीय रक्षा सेनामा सहभागिता जनाएका थिए। हालैसम्म उनी संसदका सक्रिय सांसद थिए।युक्रेनका विदेश मन्त्री आन्द्रिय सिबिहाले परुबियीलाई “देशको स्वतन्त्रता र सार्वभौमिकताको रक्षा गर्ने सच्चा देशभक्त तथा राजनेता” भनेर प्रशंसा गरे।

पूर्व राष्ट्रपति पेत्रो पोरोशेन्कोले भने, “परुबियीको हत्या युक्रेनको मुटुमाथि चलाइएको गोली हो” भन्दै उनलाई “महान व्यक्तित्व र सच्चा साथी”का रूपमा स्मरण गरे।

Please Login to comment in the post!

you may also like