• Tuesday, March 3, 2026

NPL २०२५ : लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले हरायो, रोहित पौडेलको कप्तानीमा सानदार सुरुवात



काठमाडौँ। नेपाल प्रिमियर लिग (NPL) २०२५ को दोस्रो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको छ। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, किँरतिपुरमा मङ्गलबार दिउँसो ४ बजे सुरु भएको डे-नाइट म्याचमा चितवनले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनायो। लुम्बिनीले १८.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पक्र्यो। राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा लुम्बिनीले पहिलो खेलमै जित हात पारेको हो।चितवनका लागि रवि बोपारा र साइफ जाइबले क्रमशः ५० र १५ रनको योगदान दिए पनि टिमले राम्रो स्कोर बनाउन सकेन। लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ विकेट लिँदै उत्कृष्ट बलिङ गरे। उनले अन्तिम ओभरमा साइफ जाइबलाई आउट गर्दै आफ्नो स्पेल सक्काए। चितवनका कप्तान कुशल मल्लाले टस जितेर पहिले ब्याटिङ रोजे पनि लुम्बिनीका बलरहरूले कडा दबाब दिए। लुम्बिनीका लागि गुल्बुद्दिन नाइब र रोहित पौडेलले क्रमशः २१ र ३० नोट आउट रन बनाए।यो जितसँगै लुम्बिनीले २ अङ्क जोड्दै प्वाइन्ट टेबलमा शीर्ष स्थान हासिल गरेको छ। चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराए पनि दोस्रो खेलमा हार भोग्यो। NPL को दोस्रो संस्करणमा फ्लडलाइट जडान भएको मैदानमा यो पहिलो डे-नाइट म्याच थियो। लुम्बिनीका कप्तान रोहित पौडेलले म्याचपछि भने, “टिमको बलिङ र फिल्डिङ उत्कृष्ट थियो। हामीले लक्ष्य सजिलै पक्र्यौँ।”

Please Login to comment in the post!

you may also like