• Wednesday, April 22, 2026

विद्युत् प्रवर्द्धकलाई प्राधिकरणको राहत: आरसीओडी संशोधनका लागि ७ दिनभित्र निवेदन दिन आग्रह


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले प्रसारण पूर्वाधार नबन्दा समस्यामा परेका निजी विद्युत् आयोजनाहरूको 'व्यावसायिक उत्पादन सुरु मिति' (RCOD) थप गर्ने प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले बुधबार सूचना जारी गर्दै सर्त पुगेका इच्छुक प्रवर्द्धकहरूलाई एक हप्ताभित्र निवेदन दिन आह्वान गरेको छ।
विशेष गरी प्राधिकरणको दायित्वभित्र पर्ने प्रसारण लाइन वा सबस्टेसन निर्माण सम्पन्न नभएका कारण उत्पादन सुरु गर्न नसकेका आयोजनाले यो संशोधनको सुविधा पाउने छन्। निवेदनका लागि वित्तीय व्यवस्थापन सम्पन्न हुनुपर्ने र आरसीओडी समाप्त हुनुअघि नै आवेदन दिइएको हुनुपर्ने प्रावधान राखिएको छ।

Please Login to comment in the post!

you may also like