काठमाडौं। नेपाल भ्रमणमा रहेका अमेरिकी सहायकमन्त्री एसपल कपुरले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटमा द्विपक्षीय हितका साथै नेपालमा अमेरिकी लगानी भित्र्याउने र व्यापारिक सम्बन्धलाई थप बलियो बनाउने विषयमा विशेष कुराकानी भएको छ। मन्त्रालयका अनुसार, दुवै पक्षले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ उच्च तहमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।