• Friday, May 1, 2026

अनुदानले हौस्यायो किसान, तनहुँमा चैते धान खेती विस्तार


काठमाडौ। तनहुँमा चैते धान खेती प्रवर्द्धनका लागि कृषि विकास कार्यालयले ल्याएको अनुदान कार्यक्रम प्रभावकारी देखिएको छ। किसानले चैते धान लगाउन छाड्दै गएपछि यसको संरक्षण र व्यावसायिक विस्तारका उद्देश्यले ८५ प्रतिशतसम्म अनुदान प्रदान गरिएको हो।

वरिष्ठ कृषि विकास अधिकृत पर्शुराम अधिकारीका अनुसार अनुदान पाएपछि किसानहरू उत्साहित बनेका छन् र पुनः चैते धान खेतीतर्फ आकर्षित भएका छन्। उनले बिउसँगै सिँचाइ सुविधा अभाव भएका क्षेत्रमा कुलो निर्माणका लागि समेत अनुदान उपलब्ध गराइएको जानकारी दिए।

यस वर्ष तनहुँमा तीन हजार ८०० रोपनी क्षेत्रफलमा चैते धान खेती गरिएको छ। व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा विशेष रूपमा व्यावसायिक रूपमा चैते धान उत्पादन भइरहेको छ।

यो पहलले परम्परागत बालीको संरक्षणसँगै किसानको आम्दानी बढाउने विश्वास गरिएको छ।

Please Login to comment in the post!

you may also like