भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै नेपाल आयल निगमले पनि आन्तरिक बजारमा मूल्य समायोजन गरेको छ । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १६५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५५ रुपैयाँ पर्ने भएको छ । घटेको मूल्य शुक्रबारदेखि लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।