नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट को २१ औ बार्षिक साधारण सभा तथा १३ औ अधिबेशन सम्पन्न भएको छ।सो सभा बाट अध्यक्ष मा किशोर दाहाल,आइ पि पि हरिराम अधिकारी ,प्रथम उपाध्यक्ष संगीता पौडेल ,दित्तिय उपाध्यक्ष मा राजेश पहाडी ,महासचिवमा चेत बहादुर अधिकारी(चेतन),सचीवमा नबराज भण्डारी ,कोषाध्यक्षमा सुबास पहाडी,सह कोषाध्यक्षमा सन्दीप श्रेष्ठ निर्वाचित भएका छन। त्यस्तै सदस्यहरुमा खिम बहादुर नेपाली ,प्रतीक लामिछाने,छवि रमण पौडेल ,पदम राज आचार्य ,बिजय पौडेल ,तुल बहादुर गुरुङ निर्वाचित भएका छन। शान्तिपुर्ण मतदान बाट कार्य समिती चयन कार्य सम्पन्न भएको इमेज होलिडेजका प्रमुख कार्यकारी अधिकृत बिजय पौडेल ले जानकारी दिए।