• Saturday, October 18, 2025

प्रभु बैंक र आरम्भ चौतारी लघुवित्तबीच सम्झौता: कर्मचारीलाई सुविधासम्पन्न बैंकिङ सेवा


काठमाडौं – प्रभु बैंक लिमिटेडले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरूलाई सुविधासम्पन्न बैंकिङ सेवा उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा दुई संस्थाबीच हालै एक सम्झौता भएको छ। सम्झौताले लघुवित्तका कर्मचारीहरूलाई प्रभु बैंकको आधुनिक र सहज बैंकिङ सेवाहरूको पहुँच सुनिश्चित गर्ने जनाइएको छ।सम्झौतामा प्रभु बैंकको तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुन र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन्। सम्झौतापछि लघुवित्तका कर्मचारीहरूले प्रभु बैंकको डिजिटल बैंकिङ, कर्जा सुविधा, बचत खाता, र अन्य आधुनिक बैंकिङ सेवाहरू सहज रूपमा उपयोग गर्न सक्नेछन्। प्रभु बैंकले यो सम्झौताले कर्मचारीहरूको वित्तीय आवश्यकता पूरा गर्न र उनीहरूको आर्थिक सशक्तीकरणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।प्रभु बैंकले आफ्नो डिजिटल र नवप्रवर्तनकारी सेवाहरूका लागि हालै उल्लेखनीय सम्मानहरू प्राप्त गरेको छ। बैंकले बैंक अफ द इयर २०२३, फिनाकल इन्फोसिस ईनोभेसन गोल्ड–२०२४ र युरो मनी अवार्ड–नेपाल बेस्ट डिजिटल बैंक फर एसएमई २०२५ जस्ता प्रतिष्ठित अवार्डहरू हासिल गरेको छ।

यी सम्मानहरूले बैंकको साना तथा मझौला उद्यम (एसएमई) र डिजिटल बैंकिङ क्षेत्रमा उत्कृष्टता कायम राखेको पुष्टि गरेको छ।प्रभु बैंकका अनुसार, यो सम्झौता लघुवित्त क्षेत्रका कर्मचारीहरूको वित्तीय समावेशीकरण र सशक्तीकरणका लागि महत्वपूर्ण कदम हो। बैंकले आगामी दिनमा यस्ता सहकार्यहरूलाई विस्तार गर्दै ग्राहक र साझेदार संस्थाहरूलाई थप गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

Please Login to comment in the post!

you may also like