• Wednesday, March 4, 2026

सगरमाथा आरोहणको ऐतिहासिक दलका अन्तिम जीवित सदस्यको अन्त्येष्टि सम्पन्न


काठमाडौं – पहिलो सगरमाथा आरोहण दलका अन्तिम जीवित सदस्य कान्छा शेर्पाको ९२ वर्षको उमेरमा निधन भएको छ। कपनस्थित निवासमा उनको निधन भएको हो। आज टेकु दोभानस्थित चिन्तामणि घाटमा उनको पार्थिव शरीरको अन्त्येष्टि गरिएको छ।अन्त्येष्टिका अवसरमा शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शेर्पाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो। साथै, सशस्त्र प्रहरी बलको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो।सन् १९५३ मा भएको ऐतिहासिक सगरमाथा आरोहणमा सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दा कान्छा शेर्पा उक्त दलमा भरियाका रूपमा सहभागी थिए। उनले ८ हजार मिटरको उचाइसम्म पुगेर आरोहणमा महत्वपूर्ण योगदान गरेका थिए।कान्छा शेर्पा उक्त आरोहण दलका एकमात्र जीवित सदस्यका रूपमा हालसम्म रहनुभएको थियो। उनको निधनले नेपालको पर्वतारोहण इतिहासको एउटा महत्वपूर्ण अध्याय समाप्त भएको छ।

Please Login to comment in the post!

you may also like