• Sunday, October 19, 2025

काठमाडौँमा वर्षाको जोखिम: महानगरपालिकाले सावधानी अपनाउन आग्रह


काठमाडौँ - गएरातिदेखि निरन्तर परेको वर्षाका कारण काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त बस्तीका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरेको छ। महानगरपालिकाका अनुसार, सम्भावित जोखिमयुक्त स्थानहरूको अवलोकनका लागि प्रतिनिधिहरू खटिएका छन्।विशेष गरी सोल्टी मोडको पश्चिमतर्फ हनुमन्ते खोलाले बाटो भासिएको र खोलाको कटानले नजिकैका घरहरू खतरामा परेको महानगरले जनाएको छ। खोलाले घरसम्मको दूरी करिब पाँच फिट मात्र बाँकी छोडेको छ। "अहिले त्यहाँ थप क्षति रोक्न महानगर प्रहरी बल र विपद् व्यवस्थापन विभागको समन्वयमा बोरा र ग्राभेल प्रयोग गरेर नदी कटान रोक्ने प्रयास भइरहेको छ," महानगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।यसैगरी, डुबानका कारण कुनै बस्तीमा समस्या भएमा बासिन्दालाई नजिकैको सुरक्षित विद्यालयमा स्थानान्तरण गर्ने तयारी गरिएको छ। महानगरले कुनै पनि समस्या परे तुरुन्त सम्पर्क गर्न आग्रह गरेको छ।सावधानी र सुरक्षाका लागि स्थानीय बासिन्दालाई सचेत रहन र आवश्यक परेमा महानगरको सम्पर्क नम्बरमा खबर गर्न अनुरोध गरिएको छ।

Please Login to comment in the post!

you may also like