• Thursday, March 5, 2026

तनहुँमा पशुपालनको उभार: दूध, मासु र अण्डामा पूर्ण आत्मनिर्भरता, उत्पादन वृद्धिदर उत्साहजनक


काठमाडौँ। तनहुँमा पछिल्ला वर्षमा पशुपालनप्रतिको आकर्षण बढेपछि दूध, मासु र अण्डा उत्पादन उल्लेखनीय रूपमा वृद्धि भएको छ। स्थानीय सरकार, भेटेरिनरी अस्पताल र पशु सेवा केन्द्रका अनुदान तथा कार्यक्रमले कृषकहरू आधुनिक पशुपालनतर्फ उन्मुख भएका छन्। आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा ७४ हजार ७५५ टन दूध उत्पादन भएको छ, जुन अघिल्लो वर्षभन्दा १ हजार १८२ टन बढी हो। हाल जिल्लामा १३ हजार ९९२ दुधालु गाई२१ हजार ५०३ भैंसी रहेका छन्। ऊन उत्पादन पनि बढ्दै २८९ किलो पुगेको छ।

तनहुँ हाल दूध, मासु र अण्डामा पूर्ण आत्मनिर्भर बनेको छ। प्रतिव्यक्ति ९१ लिटर आवश्यक दूधमध्ये ११८.५४ लिटर, १४ किलो आवश्यक मासुमध्ये १४.४१ किलो, र ४८ अण्डा आवश्यकतामध्ये ८३ अण्डा उपलब्ध भइरहेको छ। तर माछा उत्पादन भने कमजोर छ। प्रतिव्यक्ति ७ किलो आवश्यकतामध्ये जिल्लामा केवल ०.२८ किलो मात्र उपलब्ध छ। बढ़्दो किसान रुचि र सरकारी सहयोगले तनहुँको कृषि–पशुपालन क्षेत्र द्रुत गतिमा अघि बढिरहेको देखिन्छ।

Please Login to comment in the post!

you may also like