• Saturday, June 21, 2025

भैरहवा कारागारबाट रास्वपा सभापति रवि लामिछानेको अपील


काठमाडौ। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले किस्तीमा पाएको प्रधानमन्त्री पद त्यागेको दण्डस्वरूप आफूले थुना ब्यहोरिरहेको बताएका छन्।
पार्टी स्थापना दिवसका अवसरमा थुनाबाटै सन्देश जारी गर्दै लामिछानेले आफू सत्तालोलुप नभएको बताउँदै सत्ताको नेतृत्व गर्ने प्रस्ताव त्यागेको दण्डस्वरूप थुना ब्यहोर्नुपरेको बताएका हुन्।

‘एकाथरी आलोचकहरू मलाई सत्तालोलुपको आरोप लगाउँछन्। म तिनलाई यत्ति भन्छु, रवि लामिछानेले प्रधानमन्त्रीको अफर दुत्कारेको हो। हामीले पाएको जनमत प्रधानमन्त्री बन्न होइन भनेर छाडेको हो। अबसर आयो, होइदिउँ न भनेको भए कसले रोक्थ्यो र?,’ सन्देशमा उनले भनेका छन्। साथै कारागारबाट रविको अपिलः संविधान पुनर्लेखन र प्रदेश खारेज गरौं पनि भनेका छ्न।

लामिछानेले प्रधानमन्त्री बनिदिन कांग्रेसका मूल नेतृत्व मध्यरातसम्म आफ्नो हस्ताक्षर कुरेर बसेको तर आफूले नमानेको दाबी पनि गरेका छन्।

‘भोलिपल्टदेखि तिनैले मलाई सहकारी ठग भन्न थाले। मेरो प्रश्न छ, किस्तीमा पाएको प्रधानमन्त्री पद त्यागेर त्यसैको दण्डस्वरुप आज थुना व्यहोरिरहेको मान्छे सत्तालोलुप हो कि विद्रोही?,’ सन्देशमा लामिछानेले भनेका छन्।

Please Login to comment in the post!

you may also like