• Tuesday, March 3, 2026

कामना सेवा विकास बैंक र होटल सब्रिनाबीच १०% छुटको सहकार्य


काठमाडौं। कामना सेवा विकास बैंक र बूढानीलकण्ठस्थित होटल सब्रिनाबीच सेवा शुल्कमा विशेष छुट व्यवस्था गर्ने सहमति भएको छ। सम्झौता अनुसार बैंकका ग्राहक तथा कर्मचारीले होटलमा उपलब्ध अकोमोडेसन, खानेकुरा तथा पेय पदार्थ सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।

ग्राहकले बैंकसँगको आफ्नो सम्बन्ध प्रमाणित गर्न सक्ने कागजात प्रस्तुत गरेपछि सहजै छुट सुविधा लिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ। यस सहकार्यले बैंक परिवार तथा ग्राहकलाई थप सुविधा प्राप्त हुने भन्दै बैंकले सकारात्मक अपेक्षा व्यक्त गरेको छ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटल सब्रिनाका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन्।

Please Login to comment in the post!

you may also like