• Thursday, March 5, 2026

तिहारको मौसम प्रणालीमा पश्चिमी वायुको सामान्य प्रभाव


यस वर्षको तिहारको समयमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव देखिएको छैन। तर, पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ कि तिहारको टीकाको अघिल्लो दिन आज (बुधबार) पश्चिम नेपालका कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव परेको छ। दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम सफा रहनेछ।

कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भू-भागमा केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा पनि एक-दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुनसक्ने अनुमान छ।आज राति सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ, बाँकी भू-भागमा मौसम सफा रहनेछ। कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ।तिहारको टीकाको दिन बिहीबार पनि आजको जस्तै मौसम रहने छ। उल्लेखनीय मौसम प्रणालीको प्रभाव नहुँदा पश्चिमी वायुको सामान्य प्रभावले पहाडी क्षेत्रमा आंशिकदेखि साधारण बदली हुनेछ। यसले केही पहाडी क्षेत्रहरुमा वर्षा पनि गराउन सक्छ।कोशी र मधेश प्रदेशलगायत बाँकी पहाडी भू-भागमा पनि आंशिकदेखि साधारण बदली रहनेछ भने बाँकी भूमिमा मौसम सफा रहने पूर्वानुमान छ।सबै प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली भू-भागमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको विभागको तिहार विशेष बुलेटिनमा उल्लेख छ।

Please Login to comment in the post!

you may also like