• Thursday, March 5, 2026

नासा प्रमुखको चेतावनी: स्पेसएक्स ढिलो भएमा चन्द्रमाको मिसनबाट हटाइने, अन्य कम्पनीलाई मौका दिने संकेत


वासिङ्टन— अमेरिकी अन्तरिक्ष संस्था (नासा) का कार्यवाहक प्रमुख तथा यातायात सचिव सीन डफीले सोमबार टेलिभिजन अन्तर्वार्ताहरूमा चन्द्रमाको मानव मिशनमा स्पेसएक्सले ढिलो गरिरहेको भन्दै त्यसलाई योजनाबाट हटाउने सकिने संकेत दिएका छन्।

डफीले भने, “हामी चीनसँग प्रतिस्पर्धामा छौं। स्पेसएक्सले आफ्ना समयसीमा पटक-पटक पछाडि सार्दै आएको छ। त्यसैले म अब सम्झौता खुला गर्न लागेको छु र अन्य अन्तरिक्ष कम्पनीहरूलाई पनि प्रतिस्पर्धामा ल्याउनेछु।”स्पेसएक्ससँग सन् २०२१ देखि $२.९ अर्ब अमेरिकी डलरको सम्झौता छ, जसअनुसार कम्पनीले नासाका अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा झार्ने ल्याण्डर तयार पार्नु पर्ने हो। तर यसको लागि विकास गरिएको 'स्टारशिप' नामक यान अझै परिक्षणकै चरणमा छ र यसले हालसम्म ३ पटक उडानमा असफलता भोगिसकेको छ भने केही छोटा सफल परीक्षणहरू मात्र सम्पन्न भएका छन्।

यदि नासाले स्पेसएक्ससँगको सम्झौता रद्द वा परिमार्जन गर्ने निर्णय गर्‍यो भने, त्यो २०२१ मा तय गरिएको रणनीतिको ठूलो परिवर्तन हुने छ। उक्त रणनीति अन्तर्गत अर्टेमिस III नामक ऐतिहासिक मिशनमार्फत सन् २०२७ मा चन्द्रमामा मानिस पठाउने योजना छ।


विकल्पहरू खुल्ला


डफीले बताएअनुसार, नासाले हालै स्पेसएक्स र ब्लु ओरिजिन (जेफ बेजोसको कम्पनी) दुवैलाई चन्द्रमामा ल्याण्डर विकासको काम छिटो गर्न "acceleration approaches" पेस गर्न २९ अक्टोबरसम्मको समय दिएको छ।

“हामी चन्द्रमाको यात्राको गतिलाई बढाउन चाहन्छौं,” नासाकी प्रेस सचिव बेथानी स्टीभेन्सले भनिन्। “राष्ट्रपती ट्रम्प र सचिव डफीको लक्ष्य हो — चीनभन्दा अघि चन्द्रमामा पुग्नु।”ब्लु ओरिजिनले पहिले नै अर्टेमिस पाँचौं मिशन का लागि ब्लु मून ल्याण्डर विकास गर्दै आएको छ। तर अर्टेमिस III मा अहिले पनि स्टारशिप (स्पेसएक्स) लाई पहिलो विकल्पको रूपमा राखिएको छ।यदि स्पेसएक्स अझै ढिलो भयो भने ब्लु ओरिजिन वा अन्य कम्पनीहरूलाई मिशन दिन सकिने संकेत डफीले दिएका छन्। उनले भने, “यदि ब्लु ओरिजिनले स्पेसएक्सभन्दा अघि काम सक्न सक्छ भने, त्यसलाई मौका दिन्छौं। हामी एउटै कम्पनीको पर्खाइमा बस्दैनौं।”डफीका अनुसार, नासाले अब Request for Information मार्फत सम्पूर्ण अन्तरिक्ष उद्योगबाट नयाँ सुझावहरू माग गर्दैछ, जसले गर्दा भविष्यमा नयाँ कम्पनीहरूलाई पनि मिसनमा संलग्न गराउन सकिन्छ।

अरू कम्पनीहरूले के सक्छन्?

विशेषज्ञहरूका अनुसार स्पेसएक्स र ब्लु ओरिजिन दुवैको ल्याण्डर अत्यन्तै जटिल छन् र सम्भवतः कक्षमै इन्धन भर्ने प्रविधिको आवश्यकता पर्छ — जुन अहिलेसम्म कहिल्यै सफलतापूर्वक परीक्षण भएको छैन।तीन वर्षभित्र यस्तो चुनौतीपूर्ण मिशन सम्पन्न गर्नु कठिन हुन सक्छ, जुन कारणले गर्दा नासाले वैकल्पिक योजना बनाउनु पर्ने अवस्था आएको हो।एक प्रतिस्पर्धी कम्पनी डाइनेटिक्स पनि सुरुमा नासाको चन्द्रमामा ल्याण्डर परियोजनाका लागि दाबी गरेको थियो। तर हालसम्म यसबारे डाइनेटिक्सले कुनै प्रतिक्रिया दिएको छैन।

Please Login to comment in the post!

you may also like