काठमाडौं। झन्डै एक करोड २९ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दामा फरार आरोपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका १४ घर भएका ६१ वर्षीय श्यामकुमार कार्की रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलंकीबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।