काठमाडौं। काठमाडौंको फर्पिङबाट प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ। हेटौँडाबाट टाटा सुमो चढेर काठमाडौंतर्फ आउँदै गरेका उनीहरू फर्पिङ चेकपोस्टबाट पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका ९ घर भएका २९ वर्षीय राज किशोर सहनी र गौर नगरपालिका घर भएका २८ वर्षीय सुखारिस सहनी छन्।
आरोपीको साथबाट २ हजार ९३० एम्पुल फेनारगन, नुर्फिन, डाइजेपाम र बुप्रेनोर्फिन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले बताए।