• Tuesday, March 3, 2026

जेनजी आन्दोलन प्रकरण : पूर्वप्रधानमन्त्री ओलीलाई जाँचबुझ आयोगको बयानका लागि पत्र


काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ । आयोगले आइतबार ओलीलाई औपचारिक रूपमा बयानका लागि उपस्थित हुन अनुरोध गरेको हो ।

यद्यपि, यसअघि नै ओलीले जाँचबुझ आयोगसमक्ष स्वयं उपस्थित भएर बयान नदिने धारणा सार्वजनिक गरिसकेका थिए । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको टोलीले उनलाई पत्र काटेको हो ।

आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान लिइसकेको छ । त्यसैगरी, सुरक्षा निकायका प्रमुखहरू, काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित अन्य सम्बन्धित व्यक्तिहरूसँग पनि आयोगले बयान लिइसकेको जनाएको छ ।

Please Login to comment in the post!

you may also like