संसद विघटन भइसकेको र अन्तरिम सरकार बनेको अवस्थामा पनि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको लेटरप्याडमार्फत दशैंको शुभकामना जारी गरेका छन्। यसले विवाद उत्पन्न गरेको छ—के यो उचित हो?
उनको शुभकामना सन्देशमा भनिएको छ :
“नेपालीहरूको महान् चाड बडादशैं, २०८२ को अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु। सत्यको विजय, असत्यको पराजय, मेलमिलाप र पुनर्मिलनको प्रतीकका रूपमा रहेको यस पर्वले सबैमा नयाँ उमंग, उत्साह र सद्भाव जागृत गरोस् भन्ने कामना गर्दछु।”