• Wednesday, March 4, 2026

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसद्वारा नेपालको अवस्थाप्रति चिन्ता, शान्ति र संवादको आह्वान


काठमाडौं, २५ भदौ २०८२ - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालको पछिल्लो अवस्थालाई नजिकबाट नियालिरहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा व्यक्त गर्दै उनले नेपालमा भएको मानवीय क्षतिप्रति गहिरो दुख व्यक्त गरेका छन्।

गुटेरसले हिंसालाई थप बढ्नबाट रोक्न सबै पक्षलाई संयम अपनाउन र संवादको बाटो अवलम्बन गर्न अनुरोध गरेका छन्। उनले अन्तर्राष्ट्रिय मानव अधिकार कानूनको पूर्ण पालना गर्न आह्वान गर्दै जीवन र सम्पत्तिको सुरक्षासहित शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन्।

नेपालमा हालैका दिनमा देखिएको अशान्ति र तनावप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको सन्दर्भमा महासचिवको यो भनाइलाई अर्थपूर्ण मानिएको छ। उनको आह्वानलाई नेपालमा शान्ति र स्थायित्व कायम गर्न महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Please Login to comment in the post!

you may also like