काठमाडौ। नेपाली सेनाले देशका विभिन्न स्थानमा निषेधाज्ञ जारी गर्ने तयारी गरेको छ । मान्छे भेला हुने र लुटपाटका घटना नरोकिएपछि सेनाले निषेधाज्ञा जारी गर्ने तयारी गरेको हो ।
“अहिले हाम्रो ध्यान परिस्थितिलाई सामान्यकरण गर्नेतर्फ केन्द्रित छ । लुटपाट, आगजनीजस्ता घटनाहरू रोक्ने प्रयास भइरहेको छ” नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले भने, “हामी निषेधाज्ञा जारी गर्ने तयारी गरिरहेका छौँ ।”