काठमाडौ। त्रिभुवन विश्वविद्यालयमा शुल्क शोषणविरुद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले धर्ना जारी राखेको छ। केन्द्रीय विभागहरूमा गाभिएका चार विभागको शुल्क घटाउन माग गर्दै विद्यार्थीहरूले तेस्रो दिनसम्म शान्तिपूर्ण धर्ना गरेका छन्। आन्दोलन संयोजक मनिष चम्लागाईंले माग पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनलाई १० दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन्। शुल्क वृद्धिको विरोधमा नाराबाजी गर्दै उनीहरूले विद्यार्थीमैत्री नीति लागू गर्न जोड दिएका छन्।