• Monday, August 4, 2025

बिध्यादेविको पक्षमा बोल्नेलाई एमालेको कारबाही सुरु:निशानामा युवा


काठमाडौ। राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेललाई संगठनले एक वर्षका लागि निलम्बन गरेको छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेको भन्दै उनलाई साउन ९ गते बसेको पदाधिकारी बैठकको निर्णयअनुसार निलम्बन गरिएको हो। खरेलमाथि संगठनको विधानविपरीत गतिविधि, अराजक व्यवहार, र नेतृत्वको अवज्ञा गरेको आरोप लागेको छ। साथै, पोखरामा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षमण्डलका सदस्यमाथि अभद्र व्यवहार र सामाजिक सञ्जालमार्फत नेतृत्वको मानहानि गरेको ठहर गरिएको छ। खरेलले भने यो कारबाहीलाई अन्यायपूर्ण र पूर्वाग्रहबाट प्रेरित भन्दै प्रतिवाद गर्ने र समानान्तर कमिटी बनाउन सक्ने बताएका छन्।

Please Login to comment in the post!

you may also like