• Monday, August 4, 2025

नयाँ शैलीमा तयार भएको नाटक "चन्द्रलाई कस्ले मार्यो"?


काठमाडौ। मण्डला थिएटर काठमाडौंमा प्रस्तुत गरिएको नाटक “चन्द्रलाई कसले मार्यो?” असार २५ गतेबाट सुरु भई साउन १८ गतेसम्म दर्शकसँग जोडिएको छ। सन्दीप श्रेष्ठको लेखन र निर्देशनमा तयार गरिएको यो सशक्त कथानकले LGBTQI++ समुदायभित्रका दर्दनाक अनुभव र आत्म-अन्वेषणलाई उजागर गर्छ।

नाटकमा भावना उप्रेती, सीतादेवी तिमल्सेना, मिलन कार्की, मौसम खड्का,सन्दिप श्रेष्ठ, तेन्जु योञ्जन, प्रितिशा अधिकारी र किरण चापागाईं को अभिनय समावेश छ। 'चन्द्र' नामक पात्रको दृष्टिकोणबाट आत्म-पहिचान, मानसिक अवसाद र जीवन–मृत्युबीचको जटिल यात्रा चलचित्रित गरिएको छ।

यस नाट्कका निर्देशक सन्दीप श्रेष्ठका अनुसार, “धेरै वर्षदेखि समाजमा खुला रूपमा बोल्न नसक्ने, अस्तित्वको प्रश्नसँग जुधिरहेका क्वियर समुदायका पीडा र संघर्षलाई नाटकले प्रामाणिक रूपमा प्रस्तुत गरेको छ।”

Please Login to comment in the post!

you may also like