• Tuesday, March 3, 2026

भद्रपुरमा भएको जहाज दुर्घटनामा महत्वपूर्ण भूमिका निभाएका यात्रुलाई बुद्ध एयरको सम्मान


बुद्ध एयरले दुई साताअघि झापाको भद्रपुरमा भएको जहाज दुर्घटनामा महत्वपूर्ण भूमिका निभाएका यात्रु उमेश मोक्तान तामाङलाई नगद १ लाखसहित सम्मान गरेको छ। २ जनवरी २०२६ मा काठमाडौंबाट भद्रपुरतर्फ गएको उडान नम्बर ९०१ को जहाज दुर्घटनामा परेको थियो। कठिन परिस्थितिमा तामाङले देखाएको साहस र सहयोगप्रति कम्पनीले आभार व्यक्त गरेको छ। उनले समयमै अगाडिपट्टिको दायाँ ढोका खोल्न सहयोग गरी अन्य यात्रुहरुलाई सुरक्षित बाहिर निकाल्न महत्वपूर्ण भूमिका खेलेका थिए। बुद्ध एयरले उनको यो योगदानको उच्च कदर गर्दै भद्रपुरमा विशेष समारोहको आयोजना गरी नगद पुरस्कारसहित सम्मान गरेको हो।

Please Login to comment in the post!

you may also like