• Tuesday, March 3, 2026

आजबाट सुरु हुँदै एनपीएल–२ : नेपाली क्रिकेटमा पहिलोपटक फ्लडलाइटमा रोमाञ्चक भिडन्त!


नेपाली क्रिकेटको महोत्सव बनेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज (मंसिर १) देखि धमाकेदार रूपमा सुरु हुँदैछ। उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स विरुद्ध काठमान्डु गोर्खाज मैदान उत्रिँदैछन्। यी दुई टिमबीचको यो दोस्रो भेट हो। पहिलो संस्करणको लिग चरणमा जनकपुरले काठमान्डुलाई पाँच विकेटले पराजित गरेको थियो।

पहिलो संस्करणमा जनकपुरले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै उपाधि हात पारेको थियो भने काठमान्डुले पाँचौँ स्थानमा यात्रा टुंग्याएको थियो।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज दिउँसो ४ बजेदेखि सुरु हुने खेल नेपाली क्रिकेट इतिहासमै पहिलोपटक फ्लडलाइटमा खेलिने ऐतिहासिक मुकाबला हुनेछ।एनपीएल–२ का सबै खेल कीर्तिपुरमै हुनेछन्। क्यानका अनुसार नौ खेल दिउँसो र २३ खेल डे–नाइट हुनेछ। मंसिर २७ सम्म चल्ने लिगमा लिग चरण, प्लेअफ र फाइनल गरी कुल ३२ खेल हुनेछ।दोस्रो संस्करणमा पनि आठै फ्रेन्चाइज टिम—जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स—प्रतिस्पर्धामा उत्रिनेछन्।एनपीएल–२ को सुरुवातसँगै आजको खेल नेपाली क्रिकेटका लागि विशेष र ऐतिहासिक बन्ने निश्चित छ।

Please Login to comment in the post!

you may also like