• Thursday, March 5, 2026

एनपीएलमा खेल फिक्सिङको प्रयास: सट्टेबाजी प्रस्ताव राख्ने दुई जना लाजिम्पाटबाट पक्राउ


 काठमाडौ। त्रिवि क्रिकेट मैदानमा चलिरहेको नेपाल प्रिमियर लिग (एनपीएल) दौरान खेल फिक्सिङको कोशिश भएको खुलासा भएको छ। सट्टेबाजीको प्रस्ताव राखेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

एनपीएलमा प्रतिस्पर्धा गरिरहेका केही खेलाडीलाई सट्टेबाजहरूले 'स्पोन्सर गर्छौँ' भन्दै ह्वाट्स एप र इन्स्टाग्राममार्फत खेल मिलाउन आग्रह गरेको जानकारी खेलाडीहरूले प्रहरीलाई दिएका थिए। सोही आधारमा प्रहरीले मंगलबार लाजिम्पाटबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको हरियाणा निवासी २८ वर्षीय दिलप्रित सिंह र बर्दिया बारबर्दिया नगरपालिका–८ घर भई भारतमा बस्दै आएकी रेविका सिंह ठकुरी रहेका छन्।

उनीहरू मिलेर एनपीएलका खेलाडीहरूसँग सम्पर्क गरी अनियमित ढंगले खेल प्रभावित पार्ने प्रयास गरिरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयमार्फत जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

Please Login to comment in the post!

you may also like