• Tuesday, March 3, 2026

हिमालको साससँग उड्दै— नेपाल डजबलको सपना अब एशियाली आकाशमा


काठमाडौं — हिमालको काखमा जन्मिएको युवा जोश र सपनाको उर्लंदो लहर अब मलेसियाको शाह आलम नेसनल स्पोर्ट्स कम्प्लेक्सतर्फ उड्दैछ। विश्व डजबल महासंघ  र डजबल फेडेरेसन अफ एसिया  को आधिकारिक आशीर्वादमा मलेसियन एसोसिएसन अफ डजबल  ले आयोजना गर्न लागेको एशियन डजबल च्याम्पियनसिप २०२५ आगामी नोभेम्बर २० देखि २३ सम्म भव्य रूपमा हुने भएको छ। यो प्रतियोगितामा मलेसिया, जापान, चीन, सिंगापुर, हङकङ, साउदी अरेबिया, न्युजिल्यान्ड, ताइवान, ब्रुनाई, भारत, नेपाल, अष्ट्रेलिया, इरान र पाकिस्तान गरी १४ राष्ट्र सहभागी हुँदैछन्।

नेपालले यसअघि भारतको मंगलुरुमा पहिलो अन्तर्राष्ट्रिय मैदानमा कांस्यको मीठो स्मृति चाखाइसकेको छ। त्यही सफलताबाट प्रेरित नेपाल डजबल महासंघ  अहिले नयाँ सपना बोकेर अघि बढ्दैछ — अन्तरविद्यालय प्रतियोगिताहरूबाट उर्लिएको जोशलाई राष्ट्रिय लिगसम्म पु-याउने, प्रदेश, जिल्ला, स्कुल र क्लबस्तरमा डजबलको बगैंचा फुलाउने, रेफ्री र कोचलाई दक्षता प्रशिक्षण दिने र निकट भविष्यमा विश्वस्तरीय प्रतियोगिताको आयोजक बन्ने ठूलो लक्ष्यसहित।

नेपालमा डजबललाई विद्यालय र युवाबीच लोकप्रिय बनाउन हालै आयोजित अन्तरविद्यालय प्रतियोगिता र तिन बाइ तिन  फर्म्याटका खेलहरूले नयाँ ऊर्जा भरिदिएका छन्। “यो खेल अब केवल मनोरञ्जन होइन, नेपालको गौरव बोक्ने माध्यम बन्दैछ,” नेपाल डजबल महासंघका संयोजक अरुण तिमल्सिना बताउँछन्। उनका अनुसार, एशियन च्याम्पियनसिप २०२५ नेपालको लागि इतिहास कोर्ने अवसर हुनेछ, जहाँ हरेक बलको उडानमा नेपाली युवा उत्साह र राष्ट्रप्रेम झल्किनेछ।यस यात्रालाई सफल बनाउन महासंघले विभिन्न प्रायोजन (सपोर्ट) श्रेणीहरू खुला गरेको छ। टाइटल स्पन्सर (७ लाखभन्दा माथि) का लागि खेलाडीको जर्सीमा ब्रान्डको नाम अंकित गरिनेछ। को–स्पन्सर (३–५ लाख) ले हातमा लोगोको प्रतीकका साथ प्रचार पाउनेछन्, र सपोर्टिङ पार्टनर (१–२.५ लाख) ले राष्ट्रिय र सामाजिक सञ्जालमा प्रचार–प्रसार, लोगो प्रदर्शन र प्रमाणपत्रको सम्मान पाउनेछन्। साथै, इक्विपमेन्ट तथा हस्पिटालिटी सहयोगदाताहरूको योगदानलाई दीर्घकालीन साझेदारीको रूपमा सम्झना गरिने आयोजक ले जनाएका छन् ।

“हामी केवल खेल खेलिरहेका छैनौं, हामी इतिहास लेख्दैछौं,” टोली व्यवस्थापन प्रमुख कौशल ज्ञवाली मुस्कुराउँदै भन्छन्, “तपाईंको सहयोगले हाम्रो सपना उज्यालो हुन्छ, र नेपालको नाम एशियाली खेलकुदको आकाशमा झिल्किन्छ।”

हिमालको माटोबाट उम्रिएको यो बल अब एशियाली मञ्चमा सूर्यझैं चम्किन तयारीमा छ। खेलकुद, युवा ऊर्जा र राष्ट्रिय गौरवलाई जोड्ने यो यात्रामा सहभागी हुन इच्छुक प्रायोजक र सहयोगीहरूले नेपाल डजबल महासंघसँग सम्पर्क गर्न सक्ने संयोजक अरुण तिमल्सिनाले बिजिनेस प्रेस लाई बताए।  यसै बिषयमा हातेमालो गरी नेपालको डजबल सपनालाई एशियाको आकाशमा सूर्यजस्तै उदाउँदै विश्वभर नेपालका युवाको साहस, अनुशासन र एकताको चमक फैलाउन सहयोग पुग्ने बिश्वास आयोजकको छ।  

Please Login to comment in the post!

you may also like