• Saturday, October 18, 2025

जेनजी आन्दोलनमा घाइते २० जनाको ट्रमा सेन्टरमा उपचार, एकको मृत्यु


काठमाडौं, २३ भदौ २०८२ – जेनजी आन्दोलनका क्रममा बानेश्वर क्षेत्रमा प्रहरीले गोली चलाउँदा घाइते भएका २० जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। ट्रमा सेन्टर प्रशासनका अनुसार घाइतेहरूको स्वास्थ्य जाँचसहित उपचार कार्य जारी छ।

यसैगरी, सिभिल अस्पतालमा पनि दर्जनौं घाइतेको उपचार भइरहेको छ। अस्पताल स्रोतका अनुसार उपचाररत घाइतेको यकिन संख्या अझै स्पष्ट हुन सकेको छैन। सिभिल अस्पतालमै एक जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ।

जेनजी आन्दोलनका क्रममा भएको यो घटनाले स्थिति तनावपूर्ण बनेको छ। प्रहरीको गोली प्रहारबाट घाइते भएकाहरूको अवस्था र थप विवरणबारे जानकारी संकलन भइरहेको छ।

Please Login to comment in the post!

you may also like