• Tuesday, March 3, 2026

मुस्ताङमा हिउँ चितुवा अध्ययन सुरु, उच्च लेकमा १५ भन्दा बढी क्यामेरा जडान



मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको वास्तविक संख्या पत्ता लगाउन क्यामेरा ट्यापिङमार्फत विस्तृत अध्ययन सुरु गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले संयुक्त रूपमा वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाका उच्च लेक क्षेत्रलाई लक्षित गर्दै १५ भन्दा बढी क्यामेरा जडान गरेका छन्।

गत हप्तादेखि झोङ, पुडाक, छेङ्गुर, थोरङ फेदी, फल्याक, धार्काजुङ, र मुस्ताङ–डोल्पा सडकखण्ड नजिकका उच्च क्षेत्रहरूमा क्यामेरा राखिएको छ। आजदेखि स्याङ, मार्फा र चिमाङ आसपासका लेकमा थप क्यामेरा जडान हुँदैछ। बायोलोजिस्ट बुद्धिबहादुर गुरुङ, सहायक प्रवीन लामा तथा एक्यापका सहायक दीपक ओलीको प्राविधिक टोली अध्ययनमा खटिएको छ।

जडान गरिएका क्यामेरा दुई महिनासम्म लेकमा राखिनेछन्। त्यसपछि ती क्यामेरा फिर्ता ल्याई सफ्टवेयरमार्फत डाटा विश्लेषण गरी हिउँ चितुवाको संख्या, बासस्थान, आहारा प्रजाति तथा मानव–हिउँ चितुवा द्वन्द्वको अवस्थाबारे विस्तृत जानकारी संकलन गरिने बताइएको छ। जलवायु परिवर्तनका कारण हिउँ चितुवाको बासस्थान प्रभावित हुँदै गएकाले यस अध्ययनलाई महत्वपूर्ण मानिएको छ।

Please Login to comment in the post!

you may also like