काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्को सूचना जारी नहुँदासम्म दक्षिण कोरियाका लागि अध्ययन अनुमतिपत्र (एनओसी) स्थगित गरेको छ।
सरकारले पछिल्लो समय नेपाली विद्यार्थीका लागि वैदेशिक अध्ययनको आकर्षक गन्तव्य बन्दै गएको कोरिया अध्ययन एनओसी वितरण स्थगित गरेको हो।
कोरियामा अध्ययनका लागि गएका नेपाली विद्यार्थीले समस्या भोग्नुपरेको गुनासो आएपछि हालका लागि एनओसी स्थगित गरिएको मन्त्रालयले जनाएको छ।
कोरियामा पछिल्लो पाँच वर्षमा ३१ हजार ९७३ वटा एनओसी जारी भएका छन्। २०८१ मा मात्रै १० हजार हाराहारी एनओसी जारी भएको तथ्यांक छ।