• Sunday, October 19, 2025

एमाले सचिब रायमाझी जेल बाट भागे,फर्केनन


काठमाडौं, ३१ भदौ २०८२ – नेकपा (एमाले) का निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी सुन्धारास्थित केन्द्रीय कारागार तोडेर पुनः फरार भएका छन्। जेन–जी आन्दोलनपछि देशमा उत्पन्न अस्थिर परिस्थितिको फाइदा उठाउँदै रायमाझी भागेका हुन्। नक्कली भुटानी शरणार्थी बनाएर सयौँ युवाबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा उनी ३१ वैशाख २०८० मा पक्राउ परेका थिए।जिल्ला अदालत काठमाडौंबाट २० वैशाख २०८० मा पक्राउ पुर्जी जारी हुँदा रायमाझी गृहजिल्ला अर्घाखाँचीको एक विद्यालयको हीरक महोत्सवमा सहभागी थिए। पक्राउ पुर्जी जारी भएको खबर पाएपछि उनले सन्धिखर्कमा मिडियामार्फत अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। तर, सोही दिन काठमाडौं फर्कने क्रममा उनी रातारात भारत भागेका थिए। ठूलो स्रोतसाधन खर्चिएर खोजी गरेपछि उनी बूढानीलकण्ठबाट पक्राउ परेका थिए।पहिलो पटक १० दिनसम्म प्रहरीलाई झुक्याएर भागेका रायमाझीको दोस्रो फरारीले उनको चरित्र र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा उनमाथि लागेको ठगीको आरोपलाई यो घटनाले थप पुष्टि गरेको छ। उनको यो व्यवहारले कानुनी र नैतिक दुवै दृष्टिकोणबाट उनलाई विवादको केन्द्रमा ल्याएको छ।प्रहरीले रायमाझीको खोजी कार्य तीव्र बनाएको छ। यो प्रकरणले नक्कली भुटानी शरणार्थी काण्डलाई फेरि सतहमा ल्याएको छ, जसले राजनीतिक र सामाजिक वृत्तमा ठूलो तरंग ल्याउने अनुमान गरिएको छ।

Please Login to comment in the post!

you may also like