राष्ट्रिय स्वतन्त्र पार्टी सुमना श्रेष्ठलाई फेरि पनि पार्टीमा आउँनका लागि स्वागत गर्न सधै ढोका खुल्ला रहेको रास्वपा कार्यवहाक सभापति डिपी अर्यालले बताएका छन् । सुमनाले आधिकारीक रुपमा राजीनामा नदिएको भएपनि केन्द्रीय कमिटिको फेसबुक ग्रुपमा राजीनामा दिएको उल्लेख गरेपछि आफूले कार्यवहाक सभापतिको हैसियतले राजीनामा स्वकृत गरेको डीपीले पत्रकार सम्मेलनमा बताएका छन् । सुमनालाई पार्टीमा फिर्ता ल्याउनका लागि कार्यदल नै बनाउँने भन्दा पनि फेरि पार्टीमा स्वागत गर्नका लागि सधै ढोका खुल्ला रहेको बताएका छन् ।