• Saturday, June 21, 2025

जलविद्युत् आयोजनाले सरकारलाई बुझाए १ अर्ब ७३ करोड रोयल्टी


काठमाडौं। विद्युत् विकास विभागले चालू आर्थिक वर्षको जेठसम्म जलविद्युत् आयोजनाबाट १ अर्ब ७३ करोड ८१ लाख रुपैयाँ रोयल्टी प्राप्त भएको जनाएको छ। विभागका अनुसार चालू आव र गत वर्षको बक्यौतासहित हालसम्म १ अर्ब ७३ करोड रोयल्टी उठेको हो। 
विद्युत् ऐनमा अनुमतिपत्र प्राप्त व्यक्तिले जलविद्युत् व्यापारिक उत्पादन सुरु गरेको १५ वर्षसम्म प्रतिजडित किलोवाट वार्षिक १ सय रुपैयाँ र प्रतियुनिट किलोवाट घन्टा सरदर बिक्री मूल्यको २ प्रतिशतका दरले रोयल्टी तिर्नुपर्ने व्यवस्था छ।
१५ वर्षपछि प्रति जडित किलोवाट वार्षिक एक हजार र प्रतियुनिट किलोवाट घन्टा सरदर बिक्री मूल्यको १० प्रतिशतका दरले जलविद्युत् आयोजनाले सरकारलाई रोयल्टी बुझाउनुपर्छ।

आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ४४ करोड ४४ लाख रुपैयाँ रोयल्टी उठेको थियो । आर्थिक वर्ष २०८०/८१ सम्म विभिन जलविद्युत् आयोजनाहरुको २४ करोड ३८ लाख २६ हजार रुपैयाँ रोयल्टी बक्यौता रहेको विभागले बताएको छ।

Please Login to comment in the post!

you may also like