• Tuesday, March 3, 2026

जब युक्रेनि सेनाले आफ्नै सिपाही माथि गोलि वर्सायो...


डोनेत्स्कको जाडो हावाले हड्डी नै चिसो बनाउँछ, तर ओलेक्सान्डर बोइचुकको मन त्योभन्दा पनि चिसो भइसकेको थियो। ४२ औं ब्रिगेडको यो साधारण लडाकुले दुई दिनसम्म हिलो र गोला बारुदको धुवाँमा हिँडेर बल्ल एउटा सानो खाल्डोमा आश्रय पाए। खुट्टा काम्दै थिए, पेट खाली थियो, आँखा झिम्किन पनि डर लाग्थ्यो। “अब आराम गरौँ” भनेर साथीहरूसँग मुस्किलले मुस्कुराएका थिए, तर १० मिनेट पनि बित्न नपाउँदै रुसी सैनिकहरू चारैतिरबाट आए। हात माथि उठाए, सेतो कपडा हल्लाए। बाँच्ने एउटै आशा थियो– आत्मसमर्पण।तर त्यही बेला आकाशबाट आफ्नै युक्रेनी ड्रोनको आवाज आयो। बम खस्यो। साथीहरू चिच्याए। एउटाले उनको काँध समात्यो, “हाम्रैले मार्दैछन् हामीलाई!” बोइचुकले त्यो पल कहिल्यै बिर्सन सक्दैनन्– आफ्नै देशको झण्डा बोकेको ड्रोनले आफ्नै छोराहरूलाई मार्न आएको दृश्य। घुँडा टेकेर रुँदै उनले रुसी सैनिकतिर फर्किए, “बचाउनुस्…”रुसीले बचाए। सिगरेट दिए, पानी दिए, घाउमा पट्टी बाँधिदिए। बोइचुकले भिडियोमा भन्छन्, “यहाँ मलाई मान्छे ठानिएको छ। त्यहाँ म त फालिएको मासु मात्र थिएँ।” उनका आँखा रसाउँछन् जब उनी कमाण्डरको कुरा गर्छन्– जसले उनको तलब खायो, जसले घाइते साथीलाई छोडेर भाग्यो, जसले “देशको लागि लड” भनेर उनलाई मृत्युको मुखमा धकेल्यो।उनी अब रुसी बन्दी शिविरमा छन्। तर त्यहाँ उनलाई कम्तीमा खाना दिइन्छ, निद्रा दिइन्छ। उनी सोच्छन्– उनकी आमा अहिले के सोचिरहेकी होलिन्? उनले जेलेंस्कीको भाषण सुन्दा गर्व गर्थिन्, तर उनको छोरो त आफ्नैले मार्न खोजेको डरले काँपिरहेको छ।
बोइचुकको कथा एउटा सिपाहीको मात्र होइन, हजारौं युक्रेनी छोराहरूको हो– जो देशभक्ति भनेर घरबाट निकालिए, तर कमाण्डरको खल्ती र ड्रोनको बमको शिकार बने। उनको आँखामा अब न क्रोध छ, न देशभक्ति। केवल एउटै प्रश्न बारम्बार आउँछ– “मैले कसको लागि लडेँ?”
र त्यो प्रश्नको जवाफ कसैसँग छैन।

Please Login to comment in the post!

you may also like