• Saturday, October 18, 2025

जेन-जी प्रदर्शनका घाइतेलाई रगत अभाव, रक्तदानका लागि अपिल


काठमाडौं। सोमबारको जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगतको अभाव देखिएको छ। सिभिल अस्पताल, वीर अस्पताल र ट्रमा सेन्टरका चिकित्सकहरूका अनुसार घाइतेहरूको उपचारका लागि तत्काल रगतको आवश्यकता परेको छ।

प्रदर्शनमा भएको झडप र गोलीकाण्डमा घाइते भएका युवाहरूको ज्यान जोगाउन रगत दान गर्न चिकित्सक र विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अपिल गरेका छन्।

सामाजिक सञ्जालहरूमा रक्तदानका लागि अनुरोध गर्दै सन्देशहरू व्यापक रूपमा सेयर भइरहेका छन्। युवा पुस्ताको जीवन बचाउन सहयोगको हात बढाउन र सबैलाई नजिकका अस्पतालहरूमा पुगेर रक्तदान गर्न आग्रह गरिएको छ।

Please Login to comment in the post!

you may also like