• Saturday, October 18, 2025

काठमाडौं महानगरद्वारा जेन-जी प्रदर्शनमा घाइते भएकाहरूको उपचारमा सहयोग गर्ने घोषणा


काठमाडौं। काठमाडौं महानगरपालिकाले सोमबारको जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारमा सहयोग गर्ने जनाएको छ।

सोमबार काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली र लाठीचार्जका कारण थुप्रै प्रदर्शनकारीहरू घाइते भएका थिए। घाइतेहरूलाई मुख्यगरी बानेश्वरस्थित सिभिल अस्पताल र महाकालस्थित ट्रमा सेन्टरमा उपचारका लागि लगिएको छ।

अस्पतालमा घाइतेहरूको संख्या बढेकाले बेडको अभाव भएको र उपचारमा समस्या आएको अस्पतालहरूले जानकारी दिएका छन्। यस अवस्थामा महानगरपालिकाले घाइतेहरूको उपचारमा सहयोग गर्ने घोषणा गरेको हो।

Please Login to comment in the post!

you may also like