काठमाडौं। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा 'प्रभाकर' ले जेन-जी पुस्ताको आन्दोलनमा सरकारले गरेको दमनको कडा शब्दमा विरोध गरेका छन्। उनले सरकारलाई यस विषयमा गम्भीर हुन र जनतासँग माफी माग्न आग्रह गरेका छन्।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै शर्माले भनेका छन्, "आन्दोलनलाई दमन गरेर रोक्न सकिँदैन भन्ने कुरा इतिहासले धेरैपटक पुष्टि गरिसकेको छ।" उनले सरकार र राजनीतिक दलहरूलाई आफ्ना कमजोरी स्वीकार गरी जनतासँग माफी माग्न कुनै विकल्प नरहेको बताएका छन्।
शर्माले जेन-जीको मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारलाई अपिल गरेका छन्। उनले यसमा ढिलाइ गर्नु आत्मघाती कदम हुने चेतावनी पनि दिएका छन्। यस्तै, उनले आन्दोलनकारीहरूलाई पनि संयमित र शान्तिपूर्ण तरिकाले प्रदर्शन गर्न आग्रह गरेका छन्।
पूर्वगृहमन्त्री शर्माले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल फुकुवा गर्न र भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न माग गरेका छन्। उनले २०४६ सालयताका सबै सरकारी पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्न एक स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्न पनि माग गरे