काठमाडौं। सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीको प्रदर्शनमा प्रहरीले गरेको दमनको कडा शब्दमा निन्दा गरेको छ। बारले यो घटनाले सरकारको निरंकुश चरित्र उजागर भएको बताएको छ।
बारका सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा गोली लागी प्रदर्शनकारी घाइते भएको र केहीको मृत्यु समेत भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
विज्ञप्तिमा, शान्तिपूर्ण विरोध प्रदर्शन गर्नु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गरिएको छ। बारले सरकारलाई संयमित, मर्यादित र जिम्मेवार भएर थप अप्रिय घटना हुनबाट रोक्न आग्रह गरेको छ।