• Saturday, October 18, 2025

जेनजीहरूको प्रदर्शनमा मृतकको सङ्ख्या १४ पुग्यो


काठमाडौं, २३ भदौ २०८२ — आज काठमाडौंमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। सिभिल अस्पतालमा थप एक जना घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्या बढेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, आज दिउँसो ४ बजेसम्म उपत्यकाका विभिन्न अस्पतालमा गरी १४ जनाको मृत्यु भइसकेको छ। मृतकहरूमध्ये ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३ (पछिल्लो एक जनासहित), केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ।

प्रदर्शनका क्रममा घाइते भएकाहरूको यकिन विवरण भने अझै प्राप्त भइसकेको छैन। यस घटनाले राजधानीमा थप तनाव उत्पन्न गरेको छ र सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

Please Login to comment in the post!

you may also like