महात्मा गान्धीको दुर्लभ तेल चित्र (ओइल पेन्टिङ) लन्डनमा लिलामीको लागि राखिने भएको छ।
सन् १९३१ मा बेलायतमा ब्रिटिस कलाकार क्लेयर लेइटनले बनाएको यो चित्र अर्को महिना लन्डनको ‘बोनह्याम्स’ मा लिलामीको लागि राखिने भएको हो ।
बोनह्याम्सका अनुसार यो चित्र बनाउँदा गान्धीले वास्तवमा बसेर पोज दिएका थिए।