नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा विराटनगर किंग्सले लोकप्रिय नेपाली एपेरल ब्रान्ड ‘डोल्पो’ सँग ऐतिहासिक सहकार्य गरेको छ । डोल्पोले टोलीको आधिकारिक एपेरल पार्टनरको रूपमा जर्सी, ट्रेनिङ किट र पर्फर्मेन्स गियर प्रदान गर्दै कोशी प्रदेशको गौरव र नेपाली उत्कृष्टताको प्रतीक बन्नेछ ।
गुणस्तर, समर्पण र स्थानीय प्रतिभाप्रति साझा विश्वास बोकेका यी दुई नेपाली ब्रान्डको मेलले घरेलु खेलकुदलाई नयाँ उचाइ दिने अपेक्षा गरिएको छ । “यो सहकार्य केवल कपडाको होइन, नेपाली मन र माटोको गौरव हो,” डोल्पोका प्रवक्ताले भने ।
अन्तर्राष्ट्रिय स्टार फाफ डु प्लेसीको नेतृत्वमा मैदान उत्रने विराटनगर किंग्स अब डोल्पोको उच्च गुणस्तरीय गियरमा सजिएर आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्नेछ । यो साझेदारीले नेपाली ब्रान्ड र खेलकुदको संयुक्त शक्तिले देशलाई प्रेरणा दिन सक्ने सन्देश बोकेको छ ।