• Monday, July 7, 2025

जगदम्बा स्टिल्समा भएको विस्फोटमा एक घाइते, आगो नियन्त्रण


काठमाडौ। उपमहानगरपालिका–२ मा अवस्थित जगदम्बा स्टिल्सको भट्टीमा भएको विस्फोटमा परेर एक जना घाइते भएका छन् ।घाइते हुनेमा भारत विहारको सीतामडी निवासी ३५ वर्षीय अजय बैठा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक बेद जोशीले जानकारी दिए ।अपरेटरको काम गर्दै आएका बैठाको दाहिने हातमा चोट लागेको छ ।

त्यस्तै, विस्फोटबाट लागेको आगो भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय सिमराका अनुसार राति करिब ९:१५ बजे फलाम पगाल्ने क्रममा भट्टीमा अचानक विस्फोट भएको थियो । घटनापछि नजिकै रहेको इलाका प्रहरी कार्यालय सिमराको टोली घटनास्थलमा खटिएको थियो ।

विस्फोटको कारण र त्यसबाट भएको क्षतिको विवरण यकिन भइसकेको छैन । प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान भइरहेको बताएको छ ।

Please Login to comment in the post!

you may also like