धरहरा
एउटा सत्य
भूकम्पले ढालेको हो - धरहरालाई
तर
धेरैलाई थाहा छैन
धरहरा - लाजले ढलेका हुन्
मौका छोपेर भूकम्पको ।
हुन त उहिल्यै ढल्न मन थियो- धरहरालाई
जुन बेला - सेरिएका थिए भीमसेन
जुन बेला - चढ्नुपरेको थियो बलि
हजारौं सन्तानहरूले आफ्नै घरमा
जुन बेला - फेरिएका थिए सिंहहरूको अनुहार धमिराहरूमा
जुन बेला - सीमापारि क्रय-विक्रय हुँदैथ्यो घरको लाज
हुन त उहिल्यै विश्राम लिन मन थियो - धरहरालाई
जुन बेला - अग्लिँदै थिए धमिरे पहाडहरूको उचाइ