• Tuesday, March 3, 2026

प्रधानमन्त्री कार्की र कांग्रेसका युवा नेताबीच भेट: आगामी फागुन २१ को निर्वाचन तयारीमा सहकार्यको प्रतिबद्धता


काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका युवा नेताहरू आज बालुवाटारमा भेटघाट गर्दै मुलुकको समसामयिक राजनीतिक वातावरण र आगामी फागुन २१ गते निर्धारित निर्वाचनबारे विस्तृत छलफल गरे। भेटमा सहभागी तरुण दलका केन्द्रीय सदस्य सन्दीप निरौलाका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनको वातावरण निर्माणका लागि सबै दलको सहयोग अपरिहार्य रहेको बताइन।

युवानेताहरूले पनि सबै राजनीतिक शक्तिलाई विश्वासमा लिएर समयमै निष्पक्ष निर्वाचन सम्पन्न गराउन सरकारलाई आग्रह गरेका थिए। भेटमा देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाईं, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा तथा सन्दीप निरौला सहभागी थिए।

Please Login to comment in the post!

you may also like