काठमाडौं, २४ भदौ २०८२ – बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा जेनजी आन्दोलनका प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। मंगलबार अपराह्न भएको यो घटनाले देशभर तनाव बढाएको छ।
सोमबार भएको जेनजी प्रदर्शनका क्रममा प्रहरी दमनका कारण १९ जनाले ज्यान गुमाएका थिए। यो घटनापछि आन्दोलन थप उग्र बन्दै गएको छ। आज बिहानैदेखि प्रदर्शनकारीहरू काठमाडौंका विभिन्न स्थानमा उत्रिएर शीर्ष नेताहरूका निवास र पार्टी कार्यालयहरूमा तोडफोड र आगजनी गरिरहेका छन्।
जेनजी आन्दोलनले देशभर जनआक्रोश चुलिएको छ। प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै थप आन्दोलन चर्काउने चेतावनी दिएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारेको छ।