• Thursday, March 5, 2026

युक्रेनी राष्ट्रपति जेलेन्स्की आयरल्याण्ड पुग्ने रात ड्रोन गतिविधि देखिएको खुलासा


आयरिश सरकारका वरिष्ठ सदस्यलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आयरल्याण्ड पुगेको रात आकाशमा ड्रोन देखिएकोबारे जानकारी दिइएको ले जनाएको छ। जेलेन्स्की आफ्नो पत्नी ओलेना जेलेन्स्कासहित सोमबार राति ढिलो डब्लिन झरेका थिए र मंगलबार एकदिने औपचारिक भ्रमणमा थिए।

आयरिश डिफेन्स फोर्सेसले भने सो घटनाका ‘विशिष्ट विवरण’ बारे कुनै टिप्पणी गर्न नमाने पनि सुरक्षा संयन्त्र प्रभावकारी रूपमा कार्यान्वयन भएको र भ्रमण सुरक्षित रूपमा सम्पन्न हुन सफल भएको जनाएको छ। युक्रेन राष्ट्रपति कार्यालयले पत्रकारहरूको प्रश्नमा प्रतिक्रिया दिँदै सुरक्षा व्यवस्था होस्ट देशको जिम्मेवारी भएको उल्लेख गर्दै, प्राप्त सूचनाअनुसार उक्त रात ड्रोन देखिएको पुष्टि गरे तर त्यसले भ्रमणमा कुनै असर नपारेको स्पष्ट गरेको छ।

ड्रोन देखिएकोबारे आयरिश प्रहरीले भने कुनै औपचारिक अनुसन्धान नचलाइने बताइएको छ। “सामान्य रूपमा, आयरिश जलसिमानाभित्र हुने यस्ता कुनै पनि घटना डिफेन्स फोर्सेसकै क्षेत्राधिकारमा पर्छ,” आयरिश प्रहरीले जनाएको छ।राष्ट्रपति जेलेन्स्कीको आयरल्याण्ड भ्रमण सकभर सुरक्षित र सफल रूपमा सम्पन्न भएको पुष्टि गरिएको छ।

Please Login to comment in the post!

you may also like