• Thursday, March 5, 2026

राष्ट्र बैंकमा व्यापक बढुवा र नयाँ भर्ति : डेढ सय पदमा आन्तरिक पदोन्नति, ७६ नयाँ कर्मचारीका लागि दरखास्त खुला


काठमाडौं। नेपाल राष्ट्र बैंकले एकैपटक करिब डेढ सय कर्मचारीका लागि बढुवा प्रक्रिया सुरु गरेको छ। बैंकको मानव संसाधन व्यवस्थापन विभागका अनुसार कार्यक्षमता मूल्यांकन र आन्तरिक प्रतिस्पर्धा दुवै माध्यमबाट यो वर्ष ठूलो संख्यामा कर्मचारी पदोन्नति हुने भएको हो।

बढुवाका उम्मेदवारले पुस १० भित्र अनलाइनमार्फत आवेदन दिनुपर्नेछ। आन्तरिक प्रतिस्पर्धाका लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्नेछ।

बढुवाको विवरणअनुसार प्रशासनतर्फ निर्देशकदेखि सहायकसम्म गरी धेरै पदमा पदोन्नति हुनेछ। प्राविधिकतर्फ चालक सुपरभाइजर र सहायक निर्देशक (प्रेस) मा पनि बढुवा हुनेछ।

यससँगै राष्ट्र बैंकले आज ७६ नयाँ कर्मचारी भर्तिका लागि दरखास्त आह्वान गरेको छ। तृतीय श्रेणीका अधिकृतदेखि द्वितीय श्रेणीका सहायकसम्मका रिक्त पद भर्न आवेदन मागिएको छ।

Please Login to comment in the post!

you may also like