• Tuesday, March 3, 2026

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा एआईजी दानबहादुर कार्की नियुक्त


नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदमा एआईजी दानबहादुर कार्की नियुक्त भएका छन्। हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत कार्कीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वसम्मत रूपमा आईजीपीमा बढुवा गरेको हो।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले बैठकपश्चात् यो निर्णय सार्वजनिक गर्दै कार्कीको लामो अनुभव, कुशल नेतृत्व क्षमता र संगठनप्रति समर्पणलाई नियुक्तिको प्रमुख आधार बनाइएको बताए।

३१औं महानिरीक्षकको रूपमा जिम्मेवारी सम्हाल्ने कार्कीले यसअघि विभिन्न प्रादेशिक तथा केन्द्रीय इकाइहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। उनको नेतृत्वमा नेपाल प्रहरी थप व्यावसायिक, जनमैत्री र अपराध नियन्त्रणमा प्रभावकारी बन्ने विश्वास लिइएको छ।


Please Login to comment in the post!

you may also like